
नेकपा एमाले नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जोगाउन देशको अस्तिमतासँग गाँसिएको नागरिकतालाई हतियार बनाएको आरोप लगाएका छन्।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो गुटलाई खुसी पार्नकै लागि नागरिकताजस्तो संवेदनशील विषयलाई ओलीले प्रयोग गरेको रावलको आरोप छ।
उनले भनेका छन्, ‘कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक!’
हेर्नुहोस्, यस विषयमा रावलले जारी गरेको वक्तव्यको पूर्ण पाठ:


