नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।

सर्वोच्च अदालतमा १४६ सांसद उपस्थित भएर सोमबार दायर गरिएको रिटमाथिको सुनुवाई शुक्रबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध प्रतिनिधिसभाका बहुमत सांसदले सोमबार सशरीर अदालतमा उपस्थित भएर दायर गरिएको रिटमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।
सर्वोच्च अदालतमा कुल २८ वटा रिट दायर भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा चारवटा रिट दर्ता भएका छन् । बाँकी २४ रिटहरु ओलीको विरुद्धमा छन् ।
आज मंगलबार सबै रिटहरु कम्युटरमा इन्ट्री हुने, बुधबार बुद्ध जयन्ती सार्वजनीक बिदा, विहीबार संवैधानिक इजलास नबस्ने हुनाले १४६ सांसदको रिटसहित ९ वटा रिटको पहिलो पेशी सम्भवतः शुक्रबारमात्रै हुने अदालत प्रशासनले जनाएको छ ।

