नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशले भोगिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! करोनाविरुद्धको यो लडाई घरमैं बसेर लडौं’ भन्ने सन्देशसहितको साङ्गीतिक भिडियो तयार पारेको हो ।
साङ्गीतिक भिडियोमार्फत् अहिलेको कोरोना महामारीमा सबैजनालाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरिएको छ । यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश भिडियोमा छ । आफू बाच्ने र अरूलाई पनि बचाउनका लागि सबैलाई सावधानी अपनाउन आग्रह गर्दै भोलिका दिनमा महामारीबाट मुक्त भई जनजीवन सामान्य अवस्थामा आएपछि फेरि पनि रमाउँला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौ, कोरोनाविरुद्धको यो लडाई घरमैं बसेर लडाैं भनेर कम्पनीले सबैमा साङ्गीतिक अनुरोध गरेको छ ।
भिडियोमा सुनील कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशन रहेको छ भने पुष्कर महतौँको स्वर, सङ्गीत र एरेञ्ज रहेको छ । भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेको छायांकन, सन्तोष दवाडीको सम्पादन रहेको छ भने पोष्ट प्रोडक्सनको कार्य अल थ्री मिडिया घर, बागबजारले गरेको छ ।