बजेट भाषण आज ४ बजे, वृद्धभत्ता र कर्मचारी भत्ता बढ्ने

आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट आज दिउँसो ४ बजे सार्वजनिक हुँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट यस वर्षको बजेट भाषण गर्नेछन्। संसद नभएकोले यसपटक अध्यादेशमार्फत बजेट ल्याइँदैछ। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन्।

मन्त्रिपरिषद्को बैठकले अध्यादेशको रुपमा बजेट ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्नेछ। राष्ट्रपतिले स्विकृति प्रदान गरेपछि अर्थमन्त्रीले बजेट भाषण प्रस्तुत गर्नेछन्। जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको छ। बजेटमा २ खर्ब ४० अर्ब आन्तरिक राष्ट्र ऋण उठाउने भएको छ।



अध्यादेशबाट जारी हुने बजेटमा वृद्धभत्ता बढाउने कार्यक्रम हुने छ। प्रधानमन्त्रीले नै यो कार्यक्रम घोषणा गरिसकेका छन्। कर्मचारीको पनि भत्ता बढ्ने छ।

बजेटमा राजस्वको लक्ष्य २१ प्रतिशतले बढाइएको छ। यसपाली सरकारले कोभिड नियन्त्रण र खोपलाई केन्द्रमा राखेर बजेट ल्याउँदैछ। बजेटमा निर्वाचनका लागि पनि स्रवत बिनियोजन गरिएको छ। संघीय संसद र स्थानीय तह निर्वाचनका लागि करिव ३० अर्ब रुपैयाँ बिनियोजन गरिएको छ।

सम्बन्धित समाचार