बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गरे सुटुक्क विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन् । प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गरेको बताइएको छ ।

प्रधानमन्त्री जोनसनको विवाहमा निकट मित्रहरु र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको विभिन्न पत्रपत्रिकाहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिटका सचिव थेरिस कोफीले प्रधानमन्त्रीलाई वैवाहिक जीवनको बधाई दिएका छन् ।



यसैगरी उत्तरी आयरल्याण्डका प्रथम मन्त्री आर्लिन फोस्टरले पनि ट्वीटर मार्फत् जोनसनलाई बधाई दिएका छन्। ५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग विवाह गरेका हुन् ।

सम्बन्धित समाचार