नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ जेठ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक नेपालको पहिलो बैंक बनेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोकासम्म नै पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालयसम्म पुग्न चाहने महानुभावहरूलाई अझ सहज हुनेछ । यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेवसाईटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरू उपलब्ध गराइएको छ । उदाहरणको लागि केन्द्रीय कार्यालयको गुगल प्लस कोड 7MV7P85C+QP रहेको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।