राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेय निर्वाचित

लुम्बिनी प्रदेशको एक रिक्त पदका लागि सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डेय निर्वाचित भएका हुन् । पाण्डेयले ४१४० मत ल्याउँदा खड्काले ३५९४ मत पाए।

पाण्डेयलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो । लुम्बिनी प्रदेश सभामा एमालेबाट निर्वाचित भएका पाण्डेयले गत वैशाख १९ गते राजीनामा दिएका थिए । उनी २०७४ सालको निर्वाचनअघिमात्रै कांग्रेसबाट एमाले प्रवेश गरेका थिए ।



माओवादी केन्द्रबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि राष्ट्रिय सभामा एक पद रिक्त भएको थियो । उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका थिए ।

सम्बन्धित समाचार