कोरोना लागेको काकालाई भतिजले राप्ती नदीमा फ्याके (भिडियोसहित)

महामारीको समयमा विश्वास नलाग्ने घटना सार्वजनिक हुन थालेका छन् । अहिले सामाजिक सजालमा एउटा भिडियो निकै भाइरल भएको छ । महामारीमा ज्यान गुमाएकाहरुलाई स्वास्थ्य मापदण्ड अनुसार अन्तिम संस्कार गर्नुपर्छ । तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्तव्य पनि पालना गर्दैनन् ।

एक जना ब्यक्तिले आफन्तको शव राप्ती नदिमा फाल्दै गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा भएको यो घटना मानिस कतिसम्म लापरवाह र गैर जिम्मेवार हुन्छ भन्ने देखाएको छ । एक जना संक्रमित व्याक्तिको निधन भयो । तर उनका आफन्तले स्वास्थ्य मापदण्ड पालना नगरी ति काकालाई भतिजले शनिबार दिउँसो राप्ती नदीमा अन्य एक जना व्यक्तिको सहयोगमा फ्याँकेका छन् ।



यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । कारमा गएका कुनै व्याक्तिले यो भिडियो खिचेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । लाइभ हिन्दुस्तानका अनुसार वृद्ध एलटु अस्पतालमा भर्ना भएका थिए ।

उनको शुक्रबार अबेर मृत्यु भयो । शनिबार दिउँसो अन्त्येष्टिका लागि भतिज हुँ भन्दै आएका एक युवकले काकालाई लिएर गएका थिए । मृतकका भतिजा र अर्काबिरूद्ध सीएमओको तहरीरमा महामारी ऐन र अन्य धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बलरामपुरको भिडियो सोशल मिडियामा भाइरल भयो । त्यसमा दुईजनालाई राप्ती नदीमा लाश फ्याँकि रहेको अवस्थामा देख्न सकिन्छ । त्यसमा एक व्यक्तिले पीपीई किट पनि लगाएका छन् । अखिल भारतीय विद्यार्थी परिषद प्रान्त सहमन्त्री अभिषेक सिंहले भाइरल भिडियो ट्वीट गरेका हुन् ।

सम्बन्धित समाचार