मैले चाहेँ भने कांग्रेस र माओवादी केन्द्र दुबैलाई फुटाउन सक्छु : नेता बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबै दललाई फुटाउन सक्ने दाबी गरेका छन् । सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले यस्तो दाबी गरेका हुन् ।

बस्नेतले भने, ‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुबै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन् ।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले कांग्रेसका २३ सांसद र माओवादी केन्द्र २५र२६ सांसद प्रचण्डको शाथ छोड् तयार रहेको बताए ।



विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनादर्न शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि बस्नेतले बताए । तर आफूहरुले प्रचण्ड–बाबुरामहरु भन्दा त्यहाँ भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउने बस्नेतले बताए ।

सम्बन्धित समाचार