चौधरी ग्रुपको बियर कम्पनी प्लान्टमा आगलागी

चौधरी ग्रुपको नवलपुरस्थित बियर प्लान्टमा आगलागी भएको छ । बिहान साढे ८ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

‘गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ,’ एसपी प्रकाश मल्लले भने, ‘प्लान्टमा लागेको आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन । पाँचवटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’



चौधरी ग्रुपको नेपाल आइसलगायतका बियर सो कम्पनीबाट उत्पादन हुने गर्छ । प्रहरीका अनुसार विद्यूतको तार सर्ट भएर आगो लागेको हो कि भन्ने आशंका छ ।

सम्बन्धित समाचार