नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।
नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी गरिएको छ । बोको हरामका नेता अबुबाकर शेकाउले आफ्नो हत्या आफैँले गरेका अर्को विद्रोही समूहले दाबी गरेको हो ।
विद्रोही समूह इस्लामिक स्टेट वेष्ट अफ्रिका प्रोभिन्सको अडियो रेकर्डिङ्गमा शेकाउले दुई समूहबीचको भिडन्तपछि आफ्नो हत्या गरेको उल्लेख गरिएको बीबीसीले जनाएको छ । तर, बोको हराम र नाइजेरिया सरकारले उनको ज्यान गएकोबारे कुनै पुष्टि गरेका छैनन् ।
नाइजेरियाको सेनाले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।