भारतमा ह्वात्तै घट्यो संक्रमणदर, दैनिक संक्रमित संख्या एक लाख मात्र

भारतमा कोभिड १९ का एक लाख ६३६ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक लाख ७४ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल संक्रमित दुई करोड ८९ लाख नौ हजार ९७५ पुगेको छ । हालसम्म दुई करोड ७१ लख ५९ हजार १८० जना कोरोनामुक्त भएका छन् ।

भारतमा हाल १४ लाख एक हजार ६०९ जनामा भाइरसको संक्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ४२७ संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४९ हजार १८६ संक्रमितले ज्यान गुमाएका छन् ।



गत जनवरी १६ मा कोभिड १९ बिरुद्धको खोप अभियान सुरु भए यता हालसम्म २३ करोड २७ लाख ८६ हजार ४८२ जनाले खोप लगाएका छन् ।

सम्बन्धित समाचार