नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।
लमजुङको दोर्दी-२ अर्चलबोटमा रहेको आधुनिक कृषि बहुउद्देश्यीय सहकारी संस्थाको भवन आज एक कार्यक्रमका बीच शिलान्यास भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट अनुदान प्राप्त कुल बजेट १९ लाख ५० हजारमध्येबाट १२ लाख ५० हजार लागतमा ४ कोठे भवन निर्माण गर्न लागिएको हो । भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गर्दै वडाध्यक्ष गोविन्द अधिकारीले शहकारीलाई वडाबाट हुन सक्ने संपूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।
शिलान्यास कार्यक्रममा सहकारीका संचालक समिति, गाउँका बुद्धिजीवी , समाजसेवीहरुको सहभागीता रहेको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष भगवान कुवँरले प्रदेश सरकार, कृषि ज्ञान केन्द्र लमजुङलगायत सहयोग गर्ने संपूर्णमा धन्यवाद ज्ञापन गरे ।
अनुदान रकममध्येबाट रु ७ लाख कृषि यान्त्रिकरण अन्तर्गत हलो, थ्रेसर, घाँस काट्ने मेशिन खरिदमा रकम छुट्टाइएको सस्थाका सचिव ईश्वर अधिकारीले जानकारी दिए ।