नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ ।
सोमबार साँझ चट्याङले लागेर भारतमा २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो।
साथै धेरै व्यक्ति घाइते भएका छन्। सरकारी अधिकारीले यो जानकारी दिएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।