गृहमन्त्री बन्न नपाएका महेश बस्नेतले दिए यस्तो प्रतिक्रिया

नेकपा एमालेका नेता महेश बस्नेतले राजनीति जीवनमा पद प्राप्ति मात्रै ठूलो कुरा नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैगर्दा गृहमन्त्रीको चर्चा भइरहेको बेलामा नाम नपरेपछि उनले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,-‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन् । पार्टी नीति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु । परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु । पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु ।’



आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कार्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको दाबी गरेका छन् । उनले पटक पटकको मन्त्री मण्डलको पुनर्गठनका बेलामा आफ्नो नाम चर्चा हुने गरेको समेत बताएका छन् ।

‘मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो , मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन्’ उनले लखेका छन्, ‘मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु । जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु । त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि !’

मिडियामा आएजस्तो आक्रोशित र गुट फेर्ने चेतावनी दिएको भन्ने कुरामा कुनै सत्यता नरहेको समेत स्पष्ट पारेका छन् । पद नपाउँदा विचलन हुने अवसरवादी चरित्र आफूसँग नभएको जिकिर गरेका छन् ।

सम्बन्धित समाचार