काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउने कार्य स्थगित

काठमाडौं महानगरमा सञ्चालन भइरहेको कोरोनाविरुद्धको खोप लगाउने कार्य बीचमै स्थगित गरिएको छ। जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो।

६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको यो चरणको खोप जिल्लालाई छुट्याइएको संख्या पूरा भएको भन्दै महानगरले स्थगित भएको सूचना सार्वजनिक गरेको हो।



अर्को सूचना जारी नभएसम्म जेठ २८ देखि खोप कार्यक्रम स्थगित गरिएको महानगरले जनाएको छ।

सम्बन्धित समाचार