नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ जेठ ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । विहीबार पार्टीको ह्वीप उल्लंघन गरेकाले थापालाई कारबाही गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदा विपक्षमा मत हाल्ने रष्ट्रिय जनमोर्चाको निर्णय थियो । तर, थापा तटस्थ बसेका थिए ।
सोही कारण जनमोर्चाले थापालाई कारबाही गरेको हो । उनलाई कारबाही गरिएको जानकारी प्रदेशसभालाई गराइएको छ ।

