केपी ओलीलाई हत्याको धम्की आएपछि गोकुल बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने भयानक षडयन्त्र भएको बताएका छन् । काठमाडौं क्षेत्र नं. ४ क बाट कांग्रेसबाट निर्वाचित नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए ।

अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमालेवृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ । १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए ।



उनको अभिव्यक्ति लगत्तै बाँस्कोटाले शुक्रबार ट्वीटरमार्फत भनेका छन्ः ‘केपी ओली नमारे कांग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ?’

सम्बन्धित समाचार