नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ जेठ ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि छन् ।
भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको बताइन्छ । साथै प्रदेश सरकारमा देखिएको विमतिको बारेमा पनि उनीहरुबीच छलफल भएको बुझिएको छ ।
साथै विपक्षी गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि तीन नेताबीच छलफल भएको बताइन्छ । विपक्षी गठबन्धनको रणनीति परिवर्तन गर्नुपर्ने निष्कर्ष तीन नेताले निकालेको स्रोतको दाबी छ ।

