मत्त्वपूर्ण निर्णय गर्न भन्दै उपेन्द्र यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएका बेला अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका छन् ।

असार ३ गते बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकबाट महत्त्वपूर्ण निर्णय गर्नुपर्ने जनाइएको छ ।



यसअघि यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई कारवाही गरेको थियो । तर निर्वाचन आयोगले कारवाहीलाई मान्यता दिएको छैन । आयोगविरुद्ध सर्वोच्चमा रिट पेश गर्ने तयारीमा यादव पक्ष जुटेको छ ।

सम्बन्धित समाचार