माधव नेपाल र बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । डा भट्टराई उनलाई भेट्न वुधबार नेपाल निवास कोटेश्वर पुगेका थिए ।

यस अघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाललाई भेट्न उनको निवास पुगेका थिए । वार्ताको क्रममा उनीहरुबीच विपक्षी गठबन्धनको भविष्य र वृहत बाम एकताका बारेमा कुराकानी भएको बताइन्छ ।



विपक्षी पाँच दलबीच चुनावसम्मकै लागि गठबन्धन बनाएर जाने सहमति भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव अघि बढाइरहेका छन् । यति नै बेला विपक्षी गठबन्धनका नेताहरुले नेता नेपालसँगको भेटवार्ता बढेको हो ।

सम्बन्धित समाचार