गृहमन्त्रीसहित तीन सुरक्षा निकायका प्रमुखलाई भेटेलगत्तै प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब दुई घन्टा वार्ता भएको थियो। बेलुकी ७:३५ मा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली बेलुकी ९:२४ मा त्यहाँबाट बाहिरिएका थिए।

हिजै राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु केही समय पहिले शीतलनिवास पुगेका थिए ।



गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास पुगेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचार