नयाँ पार्टी बनाउने आँट गरौं : डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा व्याप्त संकटको प्रमुख कारण राजनीतिक दल तथा तिनका नेतृत्वकर्ता आफ्नो सिद्धान्तबाट विमुख हुनु रहेको टिप्पणी गरेका छन्।

नेकपा एमाले तथा आफ्नै पार्टी दुई खेमामा विभाजन भइरहेका बेला डा. भट्टराईले अब पार्टीलाई आमूल परिवर्तन वा नयाँ बनाउने आँट नगरे समयले कसैलाई नपर्खिने चेतावनीसमेत दिएका छन्।



‘भनिन्छ– टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ डा. भट्टराईले आइतबार बिहान भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’नरहनु, कम्युनिस्ट ‘कम्युनिस्ट’नरहनु, समाजवादी ‘समाजवादी’नरहनु! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं। नत्र समयले कसैलाई पर्खन्न है!’

सम्बन्धित समाचार