सर्वोच्चको आदेशपछि आफूपक्षीय नेतासँग छलफलमा ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेतालाई बालुवाटार बोलाएका छन्। अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे बालुवाटारमा छलफल भैरहेको छ ।

पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीले पूर्वमन्त्रीसँगै स्थायी कमिटी सदस्य तथा केही सांसदलाई बालुवाटार बोलाएका थिए। अनौपचारिक रुपमा बोलाइएको उक्त बैठकमा सर्वोच्चको कदमपछिको राजनीतिक अवस्थाबारे छलफल भैरहेको छ।



यसअघि प्रधानमन्त्रीले हिजो बालुवाटारमै सर्वोच्चको फैसलापछि पदमुक्त भएका मन्त्रीहरुसँग छलफल गरेका थिए। बालुवाटारमा निवर्तमान मन्त्रीहरूसँगको भेटमा ओली अदालतले एकपछि अर्को अवरोध गर्ने काम गरिहेको बताएका थिए ।

सम्बन्धित समाचार