नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असार ।
नेपाल आयल निगमले पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि गरेको छ ।
मूल्य वृद्धिपछि पेट्रोल प्रतिलिटर एक १२७ रुपैयाँ, डिजेल तथा मट्टीतेल ११० रुपैयाँ र आन्तकि हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर वृद्धि भएकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार मूल्यवृद्धिपछि पनि निगमको घाटा यथावत् रहने छ ।