यी हुन् युरोकपको अन्तिम १६ मा पुगेका टिम, कस्को कहिले हुँदैछ प्रतिष्पर्धा ?

यूईएफए युरो कपको समूह चरणका खेलहरु सकिएका छन्। ११ जुनबाट सुरु भएको प्रतियोगितामा २४ वटा टिमलाई ६ वटा समूहमा बाँडिएको थियो। गएराति समूह ‘ई’ र ‘एफ’का खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरुको टुंगो लागेको हो।

प्रिक्वाटरफाइनलमा ६ समूहका शीर्ष दुई टिम गरी १२ वटा टिम र तेस्रो स्थानमा रहेकामध्ये शीर्ष चार टिमगरी १६ टिमले अर्को चरणमा प्रवेश गरे।



समूह ए: इटली र वेल्स

समूह बी: बेल्जियम र डेनमार्क

समूह सी: नेदरल्याण्ड्स र अस्ट्रिया

समूह डी: इङ्ग्ल्याण्ड र क्रोएसिया

समूह ई: स्वीडेन र स्पेन

समूह एफ: फ्रान्स र जर्मनी

त्यस्तै चारवटा टिम तेस्रो स्थानमध्येको शीर्षबाट अन्तिम १६ मा प्रवेश गरेका छन्। तेस्रो हुने टिमबाट शीर्ष चार टिम छनोटका लागि यूईएफएले ६ वटा प्रक्रिया राखेको छ। जसमा त्यहाँ भएका टिममध्ये हात पारेको उच्च अंक, गोलान्तर, गोल संख्या, जित संख्या, अनुशासन (रेड कार्डर यल्लो कार्ड) र समग्र स्थान। यसअनुसार अन्तिम १६ मा स्वीजरल्याण्ड, चेक रिपब्लिक, पोर्चुगल र युक्रेनले प्रवेश पाएका छन्।

कुन कुन टिम भिड्नेछन् अन्तिम १६ मा ?

अन्तिम १६ को टुंगो भएसँगै कुन टिमले कुन टिमसँग प्रतिस्पर्धा गर्ने भन्नेसमेत टुंगो लागेको छ।

वेल्स भर्सेस डेनमार्क: शनिबार बेलुकी पौने १० बजे

इटली भर्सेस अस्ट्रिया: शनिबार राति पौने १ बजे

नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक : आइतबार बेलुकी पौने ९ बजे

बेल्जियम भर्सेस पोर्चुगल : आइतबार राति पौने १ बजे

क्रोएसिया भर्सेस स्पेन : सोमबार बेलुकी पौने १० बजे

फ्रान्स भर्सेस स्वीजरल्याण्ड : सोमबार राति पौने १ बजे

इङ्ग्ल्याण्ड भर्सेस जर्मनी : मंगलबार बेलुकी पौने १० बजे

स्वीडेन भर्सेस युक्रेन : मंगलबार राति पौने १ बजे

सम्बन्धित समाचार