कांग्रेसका यी तीन नेताबीच महाधिवेशनलाई लिएर भयो यस्तो सहमति

नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जाने भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा शशांक कोइरालाबीच आज कोइराला निवास महाराजगञ्जमा छलफल भएको थियो ।

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’ अब तपाईंहरू एउटै टिम बनाएर जाने हो ? भन्ने प्रश्नमा पूर्वउपसभापति सिंहले त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए ।



उनले भने, ‘समय आएपछि त्यो हुन्छ । एक-दुई सिटिङमा नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई निरन्तरता दिनेछौं ।’ उनले आफूहरुमाथि परिवारवादलाई प्रश्रय दिएको आरोप खारेज गरे ।

उनीहरुबीच महाधिवेशनमा सहमतिमै एकजनालाई सहयोग गर्ने समझदारी भएको बताइन्छ ।

सम्बन्धित समाचार