विपक्षी गठबन्धनका शीर्ष नेताले आज पत्रकारसँग अन्तरक्रिया गर्दै

विपक्षी गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलका शीर्ष नेताले शनिबार पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन्।राजनीतिक विषयमा रिपोर्टिंग गर्दै आएका पत्रकारहरुसँग दिउँसो २ बजे संसद भवनमा उनीहरुले अन्तरक्रिया गर्न लागेका हुन्।

अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सहभागी हुने बताइएको छ।



प्रतिनिधि सभा विघटनको निर्णय बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई प्रतिगमन भन्दै आन्दोलन गर्ने निर्णयसमेत गरेका छन्। त्यहीक्रममा गत विहीबार उनीहरुले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया गरेका थिए।

सम्बन्धित समाचार