विपक्षी गठबन्धनको साथ छोडेमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन केपी ओली तयार

नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । विपक्षी गठबन्धनले आज पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले गठबन्धन छोडेमा प्रधानमन्त्री बनाउने अफर आएको बताए ।

तर आफू पदको लागि गठबन्धनलाई धोका दिने पक्षमा नरहेको नेपालको भनाइ थियो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा माधवकुमार नेपाललाई बनाउनुपर्ने ओली समूहका नेताहरुले बताएका थिए । देउवाको समर्थनमा सर्वोच्चमा पेश भएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने र यसमा कुनै शंका नपाल्न गठबन्धनका नेताहरुलाई नेता नेपालले आग्रह गरे ।



कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो संघर्ष र बलिदानबाट बनेको संविधानको रक्षा गर्न आफूहरुको गठबन्धन अघि बढेको बताएका थिए ।

सम्बन्धित समाचार