काठमाडौं उपत्यकाकाे निषेधाज्ञा एक साता लम्बियो, ठूला सार्वजनिक बस भने चल्ने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सोमबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो । भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने पाइने भएको छ । २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय भएको जानकारी दिए । सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ । यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै थियो ।



निजी सवारी जस्तै सार्वजनिक यातायातमा पनि जोर बिजोर लागू भएको छ । कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण दर घट्दै गएपछि निषेधाज्ञा खुकुलो गरिएको हो ।

सम्बन्धित समाचार