ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, यस्ता छन् बैठकका एजेण्डा

नेकपा एमाले स्थायी कमिटी बैठक बोलाइएको छ। आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक रुपमा बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

‘प्रधानमन्त्री ओलीले भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका एजेन्डा तय गर्नका लागि अनौपचारिक बोलाउनु भएको हो।’ तामाङले भने, ‘ बैठकमा भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीका एजेन्डाबारे छलफल हुनेछ।’



महाधिवेशन आयोजक कमिटीले एमालेलाई औपचारिकरुपमा २०७५ जेठ २ गते लैजाने निर्णय गर्ने तयारी गरेको छ।

सम्बन्धित समाचार