नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असार ।

रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ शंकर भण्डारीको मृत्यु भएको छ। गएराती अन्दाजी ९ बजे भएको दुर्घटनामा छत्रकोट १ हुँगाका भण्डारीको मृत्यु भएको हो। घटनामा परी भने सोही स्थान घरभई बुटवल बस्दै आएका थानेश्वर भण्डारी घाइते भएका छन्।
पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तरमा बा १७ च ६०६६ नम्बरको कार चरङ्गेको मुढाबासमा कल्भर्टबाट तल भण्डारीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए। कार भण्डारीले नै हाँकेको ट्राफिक प्रहरीले जनायो।
काठमाडौं बस्दै आएका उनी बुवाको वर्षदिनको कर्मका लागि अघिल्लो हप्ता मात्र बुटवल आएका थिए।
