देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नलिन २३ सांसद्लाई माधव नेपालको निर्देशन

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट २३ जना ‘सांसद’हरुसँग छलफल गरेका छन्। शुक्रबार बसेको नेकपा एमालेको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन ३ दिनको अल्टिमेटम दिएपछि नेता नेपालले शनिबार आफू निकट २३ जना सांसदसँग छलफल गरेका हुन्।

शनिबारको छलफलमा देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नहुने अडान राखिएको छलफलमा सहभागी निवर्तमान सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्।



छलफलमा नेता नेपालले पार्टी एकताप्रति केपी ओली अझै इमान्दार नदेखिएकोले अदालतमा पेश भएको हस्ताक्षर फिर्ता नलिन आफूनिकट सांसद्हरुलाई निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार