प्रधनमन्त्री ओलीलाई भेटेर विप्लव नेकपाले दियो यस्तो चेतावनी

नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आफुहरुसंग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने बताएका छन् । चन्द समुहले आईतबार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले संसदवादी दलहरुमा देखिएको राजनीतिक संघर्ष, सरकार विरुद्धको संसदीय मोर्चा लगायतले सहमति कार्यान्वयनमा प्रभाव पारेको देखिए पनि त्यसमा सरकार इमान्दार हुनुपर्ने तर्क गरे । सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटपछि भएको पत्रकार सम्मेलनमा प्रकाण्डले सहमति कार्यान्वयन भएन भने त्यसको मुल्य सरकारले चुकाउनुपर्ने बताए ।

उनले भने ‘छोड्नु भएन भने पनि हामी आत्तिहाल्नुपर्ने छैन । किन भने यो त राजनीति हो । परिवर्तन, आन्दोलन हो । संघर्ष हो । यसले हामीलाई पनि केही प्रश्न खडा गर्ला त्यो भन्दा ठूलो नोक्सानी चाहीँ मुल्य चुक्ता त सरकारले गर्नुपर्छ । हामीलाई त्यही होला । हाम्रा साथीहरु भित्र बस्छन् । तर कुरा त्यो होइन । यसमा फाईदा छैन भनेका छौ र छिटै साथीहरुलाई निकाल्ने तिर र त्यसको निम्ति राजनीतिक र कानुनी प्रक्रिया तिब्रताका साथ अघि बढाउने हामीले भनेका छौ ।’



उनले सहमति अनुसार बन्दी बनेका आफ्ना नेता कार्यकर्ता छोड्न ढिलाई भईरहँदा जनस्तरमा विभिन्न प्रश्न उठेको भएपनि सम्झौताको राजनीतिक महत्व घट्यो भन्ने भनाईमा सत्यता नभएको दाबी गरे । सहमति कार्यान्वयनमा जटिलता आएको तर आफुहरुसँगको सहमति कार्यान्वयन गर्नैपर्ने तर्क पनि उनले गरे । बोलेर पुरा नगर्ने प्रवृत्ति राजनीतिमा र धेरै संसदवादमा रहेको उल्लेख गर्दै उनले जनतासँगको राजनीतिमा त्यो स्वीकार नहुने चेतावनी दिए।

सम्बन्धित समाचार