चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीसहितका नेताहरुले भर्चुअलरुपमा छलफल गर्दै

चिनियाँ राष्ट्रपति सी चीनफिङले आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताहरुसँग भर्चुअलमाध्यमबाट छलफल गर्ने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा उक्त छलफल हुन लागेको हो । छलफल आज साझँ सवा ६ बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा लगायतका नेताहरु सहभागी हुनेछन् ।



छलफलमा दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ । सीपीसीको सयौँ स्थापना दिवसभन्दा अघि नै नेपालका शीर्ष नेताहरूले चिनियाँ राष्ट्रपतिलाई शुभकामना सन्देश पठाएका थिए ।

सम्बन्धित समाचार