प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधवार भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा झण्डै २ घण्टा भेटवार्ता चलेको बालुवाटार स्रोतले बतायो ।

भेटवार्ता नियमित भएको स्रोतको दाबी छ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा उनीहरुबीच छलफल भएको बताइन्छ । राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने इच्छा व्यक्त गरेको कुरा प्रकाशमा आएको थियो ।



विहीवारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिले सम्बोधन गर्न चाहेको कुरा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार