एमाले कार्यदलको बैठक आज पनि बस्दै, सहमतिको खाकालाई अन्तिम रुप दिइने

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बस्दैछ। बैठक विहान ११ बजे बस्ने माधव नेपाल पक्षका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। दुई शीर्ष नेताबीचको भेटमा भएको छलफल अनुसार आज कार्यदलले सहमतिको खाका तयार पार्नेछ। नेता पाण्डेले आजको वार्ता निर्णायक हुनसक्ने पनि बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो। ‘हिजो उहाँहरूबीच भएको कुराकानी सकारात्मक छ’, पाण्डेले भने, ‘विषयहरु सहमति नजिक छन्, आजको कार्यदल बैठक निर्णायक हुन पनि सक्छ।’



हिजो बेलुकी सुरुमा दुवै तर्फका दुईरदुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो। अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए। छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको बताएका थिए।

सम्बन्धित समाचार