नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असार ।

नेकपा एमालेको विवाद समाधनका लागि कार्यदलमार्फत तारन्तर वार्ता चलिरहँदा नेतृ रामकुमारी झाँक्रीले भने संसद पुनःस्थापना सहमतिको अनिवार्य सर्त भएको भन्दै कुनै जालझेलमा पर्न नहुने बताएकी छन् ।
‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो,’ ट्वीटरमा उनले लेखेकी छिन्, ‘हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ । अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न, झुक्किनु हुँदैन।’
एमालेमा विवाद समाधानका लागि सोमबारदेखि लगातार कार्यदलको बैठक बसिरहेको छ। नेताहरुले सहमतिको नजिक-नजिक पुग्न लागिरहेको बताइरहेका छन्। यही सिलसिलामा हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटेल मेरियटमा दोस्रो तहका नेतासहित वार्ता पनि भएको छ । वार्ता सकरात्मक भएको बताइएको छ। वार्ता जारी रहेको बेलामा नेपाल पक्षकी नेतृवाट संसद् पुर्नस्थापनाबारे आएको प्रतिक्रियाले चर्चा पाएको छ ।
