नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
भक्तपुर उद्योग वाणिज्य संघले एक्स्पोर्ट फ्रम नेपाल प्रालिको सहकार्यमा हस्तकला तथा निर्यात व्यवसायी सम्मिलित निर्यात प्रवर्दन भेलाको आयोजना गरेकोछ । कोभिड १९ का कारण धरेलु साना तथा मझौला उद्योगहरु एवं हस्तकला बजार मारमा परेको भन्दै व्यवसायलाई पुनरोत्थान गर्न उक्त कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
वर्तामान स्थीतीमा नयाँ प्रविधिको प्रयोग गरेर नेपाली उत्पादनलाई जीवन्त राख्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । एक्स्पोर्ट फ्रम नेपाल प्रालिले स्थानीय उत्पादनहरुलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन वेभ पोर्टलको निर्माण गरी व्यापारमा मध्यस्तकर्ताको भूमिका खेल्दै आएकोछ ।
कार्यक्रमका भक्तपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष शिव प्रसाद मानन्धरले यस भेलाले भक्तपुर जिल्लाका स्थानीय उत्पादनहरुलाई अन्तराष्ट्रिय बजार सम्म पुर्याउन सहज हुने विश्वास व्यक्त गरे । यस्तै उनले कोभिड १९ का कारण थलिएको उद्योग व्यवसायको हितका लागि सम्बन्धित सरकारी निकायहरुमा नेपाल उद्योग वाणिज्य महासंघ मार्फत आवाज उठाई रहेको र उद्योगी व्यवसायीहरुलाई आवश्यक सहयोग गर्न संघ तयार रहेको दाबी गरे । साथै आगामी दिनहरुमा पनि स्थानीय उत्पादनहरुको बजार प्रबद्र्धनका लागि संघले विभिन्न अन्तरराष्ट्रिय राजदूताबास तथा कूटनैतिक नियोगहरुसग समन्वय गरी निर्यात प्रबद्र्धनका लागीअन्तरराष्ट्रिय बजारको खोजी गर्ने कार्य अघि बढाइरहेको जानकारी दिए ।
कार्यक्रमा एक्स्पोर्ट फ्रम नेपाल प्रालिका बजार निर्देशक श्रवण श्रेष्ठले वेभ पोर्टल माथि प्रकाश पार्दै स्थानीय उत्पादनको प्रबद्र्धन, बजार व्यवस्थापन देखि लिएर सामान ग्राहकको हात सम्म पुर्याउन सहजिकरण गर्ने बताए । साथै कम्पनीले न्यूनतम सेवा शुल्क लिएर सम्पूर्ण सेवा उपलब्ध गराईरहेको जानकारी पनि दिए । साना तथा मझौला उद्योगहरुलाई आवश्यक सरसल्लाहका साथसाथै प्रविधि सम्बन्धी जानकारी तथा अन लाइन तालिमहरुको आयोजना समेत गर्दै आएको श्रेष्ठको भनाइ थियो ।