अर्जेन्टिनाले उपाधि जितेपछि सुवास नेम्वाङले भने-‘मेसीले बल्ल न्याय पाए’

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङले अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेकोमा आफू अत्याधिक खुसी भएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनी खेलाडी मेसीका फ्यान नेम्वाङले उनका कुनैपनि गेम छुटाउँदैनन् ।

‘म त अत्याधिक खुसी छु, बल्ल मेस्सीले न्याय पाएका छन् । कोपा अमेरिका बेस्ट प्लेयर र हाइ स्कोरर भएर पनि उपाधि जित्न सकेका थिएनन्, धेरै वर्ष पछाडि मेसीको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ’ आइतवार एमालेको कार्यदल बैठकमा पस्नु अघि नेम्वाङले भने ।



आइतबार बिहान भएको खेलमा चिरपरिचित ब्राजिललाई उसकै मैदानमा १-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टीना कोपा अमेरिकाको उपाधि जित्न सफल भएको थियो ।

सम्बन्धित समाचार