नवकान्तिपुर संवाददाता
काठमाडौं, २७असार ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने भएको छ । नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सहमति नभई बोलाइएको बैठकमा सहभागी नहुने बताएका हुन् ।
अध्यक्ष ओलीले आइतवार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेका छन् । पार्टी विवादका सहमति खोज्न गठन गरिएको कार्यदल सहमति नजिक पुगेको बेला ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । ‘हामीसँगको सल्लाहविना बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुँदैनौँ,’ नेपाल पक्षीय एक स्थायी कमिटी सदस्यले भने ।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले माधव नेपालसहित स्थायी कमिटीका सदस्यहरूलाई बैठकका लागि आमन्त्रण गरेका थिए ।
