१० बुँदे सहमतिलाई लिएर योगेश भट्टराईले दिए यस्तो प्रतिक्रिया

एमाले नेता योगेश भट्टराईले पार्टी एकताका लागि गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् ।आइतबार राति सामाजिक सञ्जालमार्फट उनले सहमतिको स्वागत गरेका हुन् ।

‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ’, उनले भनेका छन्, ‘यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुद्रिढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ ।’



माधव नेपाल निकट मानिने उनले पछिल्लो समय एकताको पक्षमा रहेको भन्दै आफूलाई मध्यमार्गी भूमिकामा उभ्याउँदै आएका छन् ।

सम्बन्धित समाचार