आज दिउँसै बालुवाटार छाड्ने तयारीमा ओली, देउवा साँझ मात्रै प्रवेश गर्ने

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीको रुपमा आज साँझ ५ बजे शपथ लिने भएका छन् । उनले मंगलबार साँझ शीतल निवासमा शपथ ग्रहण गर्ने तय भएको बताइएको छ । राष्ट्रपति कार्यालयले मंगलबार साँझ ५ बजे शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन देउवा निवासमा जानकारी गराइसकेको छ ।

राष्ट्रपति कार्यालयले सुचना पठाइसकेको स्रोतले बताएको छ । तर देउवा प्रधानमन्त्री बन्ने लाग्दा गठबन्धनमा रहेको माधव नेपाल समुहले भने साथ छाड्ने भएको छ । माधव नेपाल समूहले साथ् नदिने भएपछि देउवाले विश्वासको मत नपाउने पक्का छ । यसअघि ओलीले संसद विघटन गरेपछि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेपाल समूहले आगामी सरकारमा भने भाग नलिने भएका छन् ।



केपी शर्मा ओलीले भने नयाँ प्रधानमन्त्रीको शपथ नहुँदै बालुवाटार छोड्ने भएका छन् । ओलीको सबै सामान आजै साँझदेखि प्याकिङ गर्न थालिसकेको बताइएको छ । मंगलबार दिउँसो १२ बजेभित्रै उनले बालुवाटार छाड्ने तयारी गरेको बताइएको छ । बालुवाटार छाडेर ओली बालकोटस्थित आफ्नै घर जाने भएका छन् । सुरक्षा स्रोतका अनुसार बालुवाटारमा सामान प्याक गर्ने काम धमाधम चलिरहेइको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री ओली फर्के लगत्तै एमाले महासचिव ईश्वर पोखरेल त्यहाँ पुगेका थिए । साँझ शीतल निवासबाट ओली फर्केपछि एमाले महासचिव पोखरेल केहीबेर त्यहिँ बसेर छलफल गरेका थिए ।

सम्बन्धित समाचार