नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।

आफ्नो नेतृत्वमा सरकार बन्ने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा रहेका छन् । सर्वोच्चको आदेश अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले आजै प्रधानमन्त्रीको शपथ गर्दै छन् । देउवाले आज कांग्रेसबाट दुई जना, माओवादी केन्द्र, जसपा र जनमोर्चाबाट एक एक जनालाई शपथ खुवाउने तयारी गरेको बुझिएको छ ।
कांग्रेसबाट आज कसलाई मन्त्री बनाउने भन्ने विषयमा आजै शीर्ष नेताको बैठक राखेर टुंगो लगाउने तयारीमा देउवा रहेका छन् । कांग्रेसबाट प्रकाशमान सिंह, सुजता काेइराला, डा. मिनेन्द्र रिजाल, बालकृष्ण खाण, गगन थापा, डा. डिला संग्रौला लगायतको नाम अगाडी रहेको छ ।
त्यस्तै कांग्रेसको वरिष्ठ नेता पौडेल पक्षले पनि सरकारमा सम्मानजक सहमागिता हुनुपर्ने भन्दै आजै छलफल गर्ने बताएको छ ।
