संविधानको धारा ‘कोट’ नगरी देउवा प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्चको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

‘संवैधानिक इजलासको मिति २०७८-३-२८ को फैसलाबमोजिम प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।



सर्वोच्चले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नू भने पनि विज्ञप्तिमा संविधानको धारा-उपधारा कोट गरिएको छैन ।

हेर्नुहोस्, विज्ञिप्ति

सम्बन्धित समाचार