प्रचण्ड, माधव र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड, विप्लव र नेता धर्मेन्द्र बाँस्तोला कोटेश्वरस्थित नेपाल निवास पुगका थिए ।

विप्लव यसअघि हिजो प्रचण्ड र विप्लवबीच पनि भेटवार्ता भएको थियो ।



तीन नेताबीचको भेटवार्तामा पछिल्लो राजनीतिक उतारचढावका बारे कुराकानी भएको बुझिएको छ । साथै विप्लवले ओली सरकारसँग गरेको तीनबुँदे सहमति कार्यन्वयनका विषयमा पनि छलफल भएको बुझिएको छ ।

कोटेश्वर स्रोतले दिएको जानकारीअनुसार तीन नेताबीच पार्टी एकता या एउटै विशाल कम्युनिस्ट पार्टी निर्माणका बारेमा पनि छलफल भएको थियो ।

सम्बन्धित समाचार