नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी १० बजे बालुवाटार सरेका हुन् ।
देउवा प्रधानमन्त्री नियुक्त भए पछि पनि बुढानीलकण्ठस्थित आफ्नै निजी निवासमा रहँदै आएका थिए।
देउवा निकट स्रोतले दिएको जानकारीअनुसार उनी ज्योतिषले दिएको समयमा बालुवाटार प्रवेश गरेका हुन् ।
