कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै, कुन समूहबाट को बन्ला मन्त्री ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुअघि कांग्रेसमा मन्त्री छान्ने प्रयास भइरहेको छ। विषम परिस्थितिमा सरकारको नेतृत्व गर्नु परेकाले सक्षमलाई मात्र सिफारिस गर्न देउवाले आग्रह गरेका छन्। कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको संख्या ठूलो छ। तर, गठबन्धनको सरकारमा कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना रहेको देउवा निकट नेताहरू बताउँछन्। त्यसमा पनि माधवकुमार नेपाल समूह सरकारमा आउने अवस्थामा कांग्रेसले ६ वटा मन्त्रालय मात्रै पाउनेछ।

देउवाले पहिलो चरणमा कांग्रेसबाट बालकृष्ण खाँडलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका छन्। दुवै देउवा निकट नेता हुन्। अब कांग्रेसले बढीमा ६ वटा मन्त्रालय पाउनेछ। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चार वटा मन्त्रालयमा दाबी गरिरहेको छ। देउवा समूहबाट दोस्रो चरणमा पुष्पा भुसाल मन्त्री बन्ने लगभग निश्चित रहेको देउवा निकट स्रोत बताउँछ। ‘हाम्रो समूहबाट भुसालजी मन्त्री बन्ने लगभग निश्चित बनेको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘डा नारायण खड्कासमेत मन्त्री बन्ने सम्भावना धेरै छ।’



पौडेललाई चार मन्त्रालय दिन देउवा सहमत नरहेको देउवा निकट नेताको दावी छ। देउवा समूहबाट दोस्रो चरणमा पुष्पा भुसाल मन्त्री बन्ने लगभग निश्चित रहेको देउवा निकट स्रोत बताउँछ। ‘हाम्रो समूहबाट भुसालजी मन्त्री बन्ने लगभग निश्चित बनेको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘डा नारायण खड्कासमेत मन्त्री बन्ने सम्भावना धेरै छ।’

सुजता कोइरालाले परराष्ट्रमन्त्री दाबी गरेकी छन्। कांग्रेसले परराष्ट्र पाएको र कोइराला मन्त्री नबनेको खण्डमा देउवाले खड्कालाई जिम्मेवारी दिने विश्लेषण देउवा निकटका नेताहरूको छ।

पौडेल समूहबाट महामन्त्री डा शशांक कोइरालाले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको दावी गरेका छन्। कोइराला मन्त्री नबने उनको सिफारिसमा डा मिनेन्द्र रिजाल मन्त्री बन्ने स्रोत बताउँछ। रामचन्द्र पौडेलले भने दिलेन्द्र बडुलाई मन्त्री बनाउन लबिङ गरिरहेका छन्। सिटौला समूहबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी भएको बताइएको छ। यहि समूहका गगन थापा पनि स्वास्थ्य मन्त्री बन्ने चाहना राखेका छन् ।

सम्बन्धित समाचार