प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनर्स्थापित गरिदिएको थियो ।

आजको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । संसदको यही अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेछन् ।



एमालेको माधव नेपाल पक्षका सांसदको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपनि नेपाल पक्षका सांसद भने प्रतिपक्षी सिटमै बस्ने भएका छन् । सामान्यतया सरकारलाई समर्थन गरेका सांसद सत्तापक्षको कुर्सीमा बस्ने भएपनि माधव नेपाल समूहका सांसदहरु विपक्षी कुर्सीमै बस्ने भएका हुन् ।

 

सम्बन्धित समाचार