नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएपछि नेकपा एमालेका दोस्रो तहका नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । एमालेका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु कोटेश्वर पुगेका छन् ।
कोटेश्वरमै रहेका नेपाल समूहका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच अहिले छलफल भइरहेको छ । नेकपा एमाले कार्यदलमा रहेका सदस्यहरुले नेता नेपालसँग छलफल गरिरहेको बताइएको छ ।
नेपाल समूहले देउवालाई विश्वासको मत दिने तयारी गरिरहेको छ । ओली पक्ष भने नेपाल समूहलाई फकाएर देउवालाई असफल बनाउने प्रयासमा जुटेको छ ।
